सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १६, २०८२
|
|
५३ पटक हेरिएको
Shares
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

सारांश

  • सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ।
  • त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।
  • स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

सुनसरी ।

सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।

उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो। सुनसरीका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द हुनेछन्। स्थानीय प्रशासनले अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
पूर्वाधार विकास समितिको बैठक बस्दै 
पूर्वाधार विकास समितिको बैठक बस्दै 
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी