२३ माघ २०८२, बिहीबार

यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना

 

१५ पुस, काठमाडौं । 

पर्यटक तथा सर्वसाधारणलाई लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल, गौशाला तथा तिलगङ्गा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये चारजना युवती छन्।उनीहरूले विदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए।  ‘उनीहरूलाई पर्यटक तथा सर्वसाधारणलाई बलजफती ढङ्गले विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो,’ भट्टराईले भने।  उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू

१. जिल्ला नुवाकोट, विदुर नगरपालिका १३ बस्ने वर्ष २८ को अमृत खड्का।
२. जिल्ला पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष १९ को अकलेश साह।
३. जिल्ला पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष ३१ को दिनेश पटेल।
४. जिल्ला काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ बस्ने वर्ष १९ को सुजन तामाङ।
५. जिल्ला रोल्पा, माडी गाउँपालिका ५ बस्ने वर्ष २२ को प्रविन ओली।
६. जिल्ला काभ्रेपलान्चोक, पाँचखाल नगरपालिका ७ बस्ने वर्ष १९ को रोजन तामाङ।
७. जिल्ला कञ्चनपुर, कृष्णपुर नगरपालिका ६ बस्ने वर्ष २१ को जितेन्द्र सिंह वि.क.।
८. जिल्ला धनकुटा, धनकुटा नगरपालिका ३ कागते बस्ने वर्ष २५ को रोशनी राई।
९. जिल्ला झापा, भद्रपुर नगरपालिका ९ बस्ने वर्ष २६ को तिर्थ राजवंशी।
१०. जिल्ला उदयपुर, त्रियुगा नगरपालिका ९ बस्ने रचना मगर।
११. जिल्ला सुर्खेत, चौकुने गाउँपालिका ८ बस्ने वर्ष २१ की जेनिसा थापा।
१२. जिल्ला झापा, काकडभिट्टा नगरपालिका ३ बस्ने वर्ष ३० की संगिता तामाङ।

Post Comment

छुटाउनुभयो कि ?