मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
१५ पुस, काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्। डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उनी विजयी भएका हुन्। शेर्पा वीर अस्पतालमा कार्यरत छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। पुष ४, ५ र ११ र १२ गते १ उपाध्यक्षसहित ८ सदस्यकालागि भएको निर्वाचनमा भएको थियो।

यसैगरी सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा रविन बस्नेत र डा नीना राईले जित हासिल गरेका छन्। काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो।




Post Comment