जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए

सारांश

  • जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ ।
  • केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ ।
  • अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ ।

२६ भदौ, काठमाडौं।

जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ ।

उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ । हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं । केही झोले कार्यकर्ताहरु आएर देशको संरचनामाथि आगो लगाएका छन् ।’ यसैगरी जेनजी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए ।

त्यसैगरी, जुनाल गदालले अब यतिबेला जेनजी संयमित हुन जरुरी रहेको बताए । ‘जसरी हिजो हामीले तोडफोड गर्यौं । आक्रोशमा थियौं । अब हामी संयमित हुन जरुरी छ । आज देशमा जेन–जी युवाहरु एक भएनौं भने पुराना दलहरुलाई फाइदा हुने स्थिति छ,’ उनले भने । ओजस्वीराज थापाले जेन–जीले अहिले लिडरसीप लिन नसक्ने र लिन पनि नहुने बताए ।  जेन–जी अभियन्ता पुरुषोतम यादवले आफूहरुको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्कीमाथि रहेको बताए । हामी नेपालका अध्यक्षसमेत रहेको सुदन गुरुङले जेनजीको एक–एक थोपा रगतको बदला लिने बताए । उनले कसैलाई नछाड्ने चेतावनी दिए । उनले जेनजी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे । आफूले अहिलेसम्म नेपालको झण्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिलेसम्म समर्थन नरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लङ्घन जारी
मुख्यमन्त्री सिंहले गरे बर्दिवासका ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन
मुख्यमन्त्री सिंहले गरे बर्दिवासका ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ
देशभर २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो
देशभर २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ
गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ
चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !