सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २८, २०८०
|
|
६४ पटक हेरिएको
Shares
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु

सारांश

  • अभियन्ता ईःले सडक व्यापारीको पक्षमा तीन बुँदे मागसहित आज ट लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।
  • सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२ प्रतिशत रोजगारी दिने) र सहरी गरिबको लोकरिझ्याईं निर्देशित सीमान्तकरण राष्ट्रिय रोग जस्तै बनेकोले बेरोजगारी, आर्थिक, सामाजिक असमानता बढेको विषयलाई लिएर सङ्घीय सरकारलाई तीन बुँदे माग सहित लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेको अभियन्ता ईः ले जानकारी दिए ।
  • सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आम जनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न  सङ्घीय सरकारको ध्यानाकर्षण गराउन पदयात्रा सुरु गरेको उनको जिकिर छ ।

२८ माघ, काठमाडौँ । अभियन्ता ईःले सडक व्यापारीको पक्षमा तीन बुँदे मागसहित आज ट लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।

सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२ प्रतिशत रोजगारी दिने) र सहरी गरिबको लोकरिझ्याईं निर्देशित सीमान्तकरण राष्ट्रिय रोग जस्तै बनेकोले बेरोजगारी, आर्थिक, सामाजिक असमानता बढेको विषयलाई लिएर सङ्घीय सरकारलाई तीन बुँदे माग सहित लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेको अभियन्ता ईः ले जानकारी दिए । सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आम जनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न  सङ्घीय सरकारको ध्यानाकर्षण गराउन पदयात्रा सुरु गरेको उनको जिकिर छ ।

‘काठमाडौँ महानगरको सडक व्यापारी प्रतिको क्रियाकलापले देशैभरका स्थानीय तहले पनि सिको गरेर सडक व्यापारीलाई दुःख दिने गरेको पाए’, उनी भन्छ्न् ,’सहरबाट गरिब हटाए सहर सफा हुन्छ भन्ने कुराले सडक व्यापारीको काम गरेर खाने हक अधिकार खोसिएको छ ।’ उनको यो पैदल यात्रा आजबाट नौ दिनको दिन सिंहदरबार पुगेर तीन बुँदे प्रतिवेदन बुझाउने तयारी रहेको छ । उनीलाई लुम्बिनीबाट अन्य अभियन्ताहरूले पनि साथ दिने भएका छन् । यो यात्रा मार्फत मिटरब्याजविरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने बताए ।

ईःको तिन बुँदे माग 

१. देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई बिना अध्ययन बिकल्प विस्थापन नगरी कानुन र संविधानको मर्मपरिधि भित्र बस्न निर्देशन दिने ।

२. सहरी गरिबको संरक्षण गर्न आवश्यक, तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी, सङ्घीय ऐनको सिर्जना तथा भएका कानूनी प्रावधानको सबलीकरण गर्नुपर्ने।

३. पालिकाहरूलाई सहरी गरीबी सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन, बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या
गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा