मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
५३ पटक हेरिएको
Shares
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम

सारांश

  • मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख व्यवस्थित र डिजिटल बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ ।
  • आवश्यक भौतिक अभिलेख नआएर कर्मचारी अभिलेख एकीकृत गर्ने काम अवरुद्ध भएको भन्दै तत्काल कागजात उपलब्ध गराउन भनेको छ ।
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच २०८२ कार्तिक २६ गते कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण सम्बन्धी समझदारीपत्रपछि अभिलेख अद्यावधिक प्रक्रिया अघि बढाइएको हो ।

१२ पुष, जनकपुरधाम ।

मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख व्यवस्थित र डिजिटल बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ ।

आवश्यक भौतिक अभिलेख नआएर कर्मचारी अभिलेख एकीकृत गर्ने काम अवरुद्ध भएको भन्दै तत्काल कागजात उपलब्ध गराउन भनेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच २०८२ कार्तिक २६ गते कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण सम्बन्धी समझदारीपत्रपछि अभिलेख अद्यावधिक प्रक्रिया अघि बढाइएको हो ।

अब उपरान्त सबै स्थानीय तहले स्वीकृत संगठन संरचना, दरबन्दी विवरण र हाल कार्यरत स्थायी कर्मचारीका व्यक्तिगत फाइल तयार गर्नुपर्नेछ ।
व्यक्तिगत फाइलमा सिटरोल दर्तासम्बन्धी सिफारिस, प्रमाणित सिटरोल, फोटो, नियुक्तिदेखि हालसम्मका सेवा अभिलेख, नागरिकता, निरोगिता, शैक्षिक तथा तालिम प्रमाणपत्रसमेत अनिवार्य गराइएको छ ।

नाम, थर, जन्ममिति वा ठेगानामा फरक परेमा सम्बन्धित सिफारिस वा प्रमाणपत्र संलग्न गर्नुपर्नेछ । साथै, स्थानीय सेवा ऐनअनुसार गठन भएको समितिको प्रतिवेदन तथा कागजात पनि बुझाउन भनिएको छ । मुख्यमन्त्री कार्यालयले जारी गरेको निर्देशनपत्रमा समयमै विवरण नआए कर्मचारी सूचना प्रणाली अद्यावधिकमा समस्या आउने चेतावनी दिँदै सुशासनमूलक प्रशासनका लागि स्थानीय तहको सक्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल