महाकालीमा बाँधनिर्माण नहुँदा बस्ती जोखिममा   

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
महाकालीमा बाँधनिर्माण नहुँदा बस्ती जोखिममा   

सारांश

  •      महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध)को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ ।
  • गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) भत्काएको थियो ।
  • उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन ।

२६ चैत, दोकञ्चनपुर ।    

महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध)को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ । गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) भत्काएको थियो । उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन । बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ । महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए । बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन् । स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकषर्णपत्र बुझाएका छन् । “बर्खाको समय आइसक्यो अहिले पनि बाँध निर्माण गर्ने कुनै सुरसार छैन”, भीमदत्त–१२ का स्थानीय कृष्णसिंह देउवाले भन्नुभयो, “समयमा बाँध बनेन भने यहाँका पाँच बस्तीका करिब पाँच हजार मान्छे विस्थापित हुन्छन् ।”

उहाँले बस्ती मात्रै नभई महाकाली पुल जोड्ने पहुँच मार्गसमेत बाढीको जोखिममा रहेको बताउनुभयो । दोधारा चाँदनीलाई जोड्ने गरी निर्माण भएको चार लेनको पक्की पुलसँगैको बाँधको डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निमार्णको काम ठप्प रहेको महाकाली पुल निर्माण कम्पनीले जनाएको छ । पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) निमार्णका लागि सुरुमा २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गाको प्रयोग गरेर पुलको दुवैतर्फका पोखरीको गाइडबन्ड बनाउने डिजाइन थियो । ठूलो ढुङ्गा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कङ्क्रिटको प्रयोग गरी बाँध निर्माण गरिएको थियो । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डयेले गत भदौमा आएको बाढीले २६० मिटर बाँध बाढीले भत्काएको बताउनुभयो । “बाढीले बाँध भत्काएपछि महाकाली पुल योजना कार्यालय र विभागबाट गाइडबन्डको डिजाइन संशोधन गर्नुपर्ने भन्दै डिजाइन संशोधनको प्रक्रिया अघि बढेको थियो”, उहाँले भन्नुभयो, “हालसम्म उक्त समयमा डिजाइन स्वीकृत नहुँदा हामीलाई काम गर्न कठिनाइ भएको हो ।”

उहाँले स्वीकृत डिजाइन नआउँदासम्म काम गर्न नसकिने बताउनुभयो । “हामीले काम छिटो सम्पन्न गर्नका लागि कार्यालयलाई पटक–पटक ताकेता गरेका छौँ”, पाण्डेयले भन्नुभयो, “बर्खा नजिकिएको छ, त्यस अगावै हामीले बाँध निर्माण गर्न सकेनौँ भने अहिलेसम्म निमार्ण भएका सबै संरचना जोखिममा छन् ।” महाकाली नदमिा निर्माण भएको ८०० मिटर पुलको दुवैतर्फ दुई हजार ७०० मिटर लम्बाइ र ६०० मिटर चौडाइका पोखरी निर्माणाधीन छन । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ । अब २०० मिटर पहुँचमार्ग कालोपत्रसँगै गाइडबन्डको काम मात्रै बाँकी छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका अनुसार गत कात्तिक २२ मा आयोजनाको म्याद सकिएको छ । पाँचौँ पटक थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि निर्माण कार्य ठप्प बनेको हो । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले अहिले म्याद थपका लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिनुभयो ।

 

“म्याद थप भएपछि मात्रै डिजाइन र भेरिएसनको काम हुन्छ अहिले म्याद थपको प्रक्रियामा छ,” उहाँले भन्नुभयो, “अहिले निमार्णको काम ठप्प छ ।” विसं २०७४ मा तीन वर्षभित्र निर्माण सक्ने गरी रु तीन अर्ब २७ करोडमा कुमार श्रेष्ठ सिएफइसी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार ८०० मिटर लामो चार लेनको पुल, आठ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चार पोखरी निर्माणको काम २० भदौ २०७७ मा सकिनुपर्ने थियो । पाँचपटक म्याद थप हुँदासमेत सबै संरचना निर्माण हुन सकेका छैनन् । छैटौँपटक म्याद थपको प्रक्रियामा छ । सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत रु तीन अर्ब २७ करोड थियो । पछिल्लो पटक डिजाइन परिवर्तन हुँदा लागत बढेर रु तीन अर्ब ७६ करोड पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द
काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध
काठमाडौं महानगरपालिकामा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध
जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो
हिजो घटेको सुनचाँदीकै मूल्य आज बढ्यो
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही