सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन

सारांश

  • सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्।
  • सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ ।
  • एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे ।

११ पुस, रामेछाप ।

सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्। सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे । भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताउँदै नागरिकले सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गरे । कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफूले मन्त्रालय सम्हालेपछि अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति, उपकरणको व्यवस्था र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार बिस्तारको काम भइरहेको उनले जनकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की