Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
४० पटक हेरिएको
Shares
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
  • बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ ।
  • सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

 

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग व्यापक रूपमा उठिरहेको छ ।

हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गरेका थिए । उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जाने प्रस्ताव अघि सारेका छन् । थापाको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
बडादसैँको पाँच दिनमा दुई लाख ३७ हजार भन्दा बढीले हवाई यात्रा गरे
बडादसैँको पाँच दिनमा दुई लाख ३७ हजार भन्दा बढीले हवाई यात्रा गरे
चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल
चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने
आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै
आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस