Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
५० पटक हेरिएको
Shares
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

सारांश

  • ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ ।
  • केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
  • नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको हो ।

२ पुस, काठमाडौं ।

ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको हो । बैंक तथा वित्तीय संस्थाको उपस्थितिले स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधीनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने केन्द्रीय बैंकले जनाएको छ । त्यसकारण ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ । प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ । बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको महसुस भएमा सोको गुनासो गर्न सक्ने र समाधानका लागि पहल गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारी विरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले त्यस्ता गलत क्रियाकलापमा संलग्न नहुन समेत केन्द्रीय बैंकले सचेत गराएको छ । साथै, बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी आफ्नो काम गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ
सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता
प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक
सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक