बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

सारांश

  • ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ ।
  • केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
  • नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको हो ।

२ पुस, काठमाडौं ।

ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको हो । बैंक तथा वित्तीय संस्थाको उपस्थितिले स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधीनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने केन्द्रीय बैंकले जनाएको छ । त्यसकारण ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ । प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ । बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको महसुस भएमा सोको गुनासो गर्न सक्ने र समाधानका लागि पहल गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारी विरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले त्यस्ता गलत क्रियाकलापमा संलग्न नहुन समेत केन्द्रीय बैंकले सचेत गराएको छ । साथै, बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी आफ्नो काम गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
सञ्चार मन्त्री खरेलद्वारा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन