कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​

सारांश

  •   कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको दमन तत्काल रोक्न माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
  • समाजका अध्यक्ष रामकेवल गुप्ता र कवाड व्यवसायी ओमप्रकाश सिंहले बुधबार आफ्नो ५ बुँदे मागसहितको ज्ञापनपत्र गृहमन्त्री अर्याललाई बुझाएका हुन् ।
  • ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले कवाड व्यवसायी र कवाड संकलक मजदुरमाथिको ज्यादती रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

२४ मंसिर, काठमाडौं । 

कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको दमन तत्काल रोक्न माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष रामकेवल गुप्ता र कवाड व्यवसायी ओमप्रकाश सिंहले बुधबार आफ्नो ५ बुँदे मागसहितको ज्ञापनपत्र गृहमन्त्री अर्याललाई बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले कवाड व्यवसायी र कवाड संकलक मजदुरमाथिको ज्यादती रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

समाजले संविधानले दिएको पेसा व्यवसाय गर्ने अधिकारको पूर्ण ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती, संरचना भत्काउनेजस्ता कार्यहरू तत्काल रोक्नुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगरका प्रहरी र जिम्मेवार व्यक्तिहरूलाई कानूनी कारबाही गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने माग राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना
आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
सल्यानमा मिनी ट्रक दुर्घटना, घटनास्थलमै चालकको मृत्यु
सल्यानमा मिनी ट्रक दुर्घटना, घटनास्थलमै चालकको मृत्यु
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !
लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !