बुढीगंगामा एक जना मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बुढीगंगामा एक जना मृत फेला

सारांश

  • बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् ।
  • मृत फेला पर्नेमा सोही नगरपालिका वडा नम्बर १० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन् ।
  • रावत वडा नम्बर–९ मा रहेको जुवापानी डाँडामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

१५ मंसिर, बाजुरा ।

बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही नगरपालिका वडा नम्बर १० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन् । रावत वडा नम्बर–९ मा रहेको जुवापानी डाँडामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरबाट हिडेर बेपत्ता भएका रावतको प्रहरीमा खोजीका लागि निवेदन पश्चात् खोजी कार्य गर्दा उनी मृत फेला परेका हुन् ।

मृत अवस्थामा फेला परेका रावत मानसिक सन्तुलन  गुमाएका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन् ।    रावतको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको प्रहरी निरिक्षक जोशीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्
काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने
लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै
लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ