अब विशेष महाधिवेशन निर्विकल्प हो : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अब विशेष महाधिवेशन निर्विकल्प हो : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प भएको बताएका छन् ।
  • केन्द्रीय समितिको बैठक सकिए लगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन निर्विकल्प भएको बताए ।
  • नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गरेको तर नेताहरूले सकिन्न भनेको हुँदा अब विशेष महाधिवेशन निर्विकल्प भएको बताए ।

६ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प भएको बताएका छन् । केन्द्रीय समितिको बैठक सकिए लगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन निर्विकल्प भएको बताए । नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गरेको तर नेताहरूले सकिन्न भनेको हुँदा अब विशेष महाधिवेशन निर्विकल्प भएको बताए । महामन्त्री थापाले भने, ‘आज हामीले चुनावमा जाने निर्णय गरेका छौं । चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यो दिन कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्दछ ।’

महामन्त्री थापाले यस अघि केन्द्रीय समितिमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरु तयार नहुने हो भने मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘पुस मसान्तभित्रमा आवधिक निर्वाचन पनि गर्दिन र आवधिक नगरेपछि  विशेष महाधिवेशन पनि गर्दिन भन्न त पाइँदै पाइँदैन,’ महामन्त्री थापाले भने । विशेष महाधिवेशन गर्दिन भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने महामन्त्री थापाले बताए । ‘त्यो विधानको धाराको अर्कै व्यवस्था हो । कि पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ । कसैले कार्यतालिका खोजेको होइन । महाधिवेशन खोजेको हो,’ महामन्त्री थापाले भने, ‘यो दुईटा भन्दा अरु कुनै ठाउँ हामीलाई छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली