राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
१ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार

सारांश

  • ५ मंसिर, काठमाडौं ।
  • सरकार राष्ट्रिय सभामा रहेका विधेयकहरू अगाडि बढाउन तयार भएको छ ।
  • सरकारले नै विधेयकमाथि छलफल अगाडि बढाउन भनेपछि विधायन व्यवस्थापन समितिले विधेयकमाथि छलफल सुरु गरेको छ ।

५ मंसिर, काठमाडौं ।

सरकार राष्ट्रिय सभामा रहेका विधेयकहरू अगाडि बढाउन तयार भएको छ । सरकारले नै विधेयकमाथि छलफल अगाडि बढाउन भनेपछि विधायन व्यवस्थापन समितिले विधेयकमाथि छलफल सुरु गरेको छ । विधायन समितिकी सभापति तुलासा कुमारी दहालका अनुसार प्रतिनिधिसभा विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भए । तर, राष्ट्रिय सभामा दर्ता भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक यथावत छन् । थप एउटा विधेयक सरकारले ल्याएको छ । यो सँगै राष्ट्रिय सभामा रहेका विधेयकको संख्या ६ पुगेको हो । ६ वटा मध्ये तीन वटा विधेयक सभामा रहेका छन् भने तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा रहेका छन् ।

सभामा रहेका विधेयकहरू हुन्– राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक र वैकल्पिक विकास वित्त परिचालन विधेयक । विधि विज्ञान प्रयोगशाला विधेयक र अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक अघिल्लो सरकारले ल्याएका विधेयक हुन् भने वैकल्पिक विकास वित्त परिचालन विधेयक वर्तमान सरकारले ल्याएको विधेयक हो । यी विधेयक अगाडि बढाउन सभाको अधिवेशन आह्वान हुनुपर्छ । वैकल्पिक विकास विक्त परिचालन विधेयक दर्ता मात्रै भएर रहेको छ । अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमाथि सभामा सामान्य छलफल मात्रै भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि दफावार छलफलसहितको प्रतिवेदन पेश भएर रहेको छ । बाँकी रहेका तीन वटा विधेयक दफावार छलफलमा विधायन व्यवस्थापनि समितिमा छन् । तीन हुन्– चलचित्र विधेयक, पर्यटन विधेयक र सामाजिक सञ्जाल विधेयक । चलचित्र विधेयक र सामाजिक सञ्जाल विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको विधेयक हो । पर्यटन विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याएको विधेयक हो । यी तीन् वटा विधेयकका सन्दर्भमा विधायन व्यवस्थापन समिति सभापति आफैँले समेत सरकारसँग संवाद गरेकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहालले समेत कुराकानी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँगको छलफलपछि विधायन व्यवस्थापन समितिले चलचित्र विधेयकमाथि छलफल अगाडि बढाएको हो । ‘चलचित्र विधेयक अगाडि बढाउने कुरा भएको छ । यसमा आवश्यक संशोधनसमेत गरेर जान सकिने कुरा भएपछि विज्ञ र सरोकारवालाहरूसँग छलफल थालिएको छ’ सभापति दाहालले भनिन् । उनका अनुसार सामाजिक सञ्जाल विधेयक अगाडि बढाउने विषयमा भने सरकारले केही भनेको छैन । यसकारण यो तत्काल अगाडि बढ्ने छैन । विधायन समितिमा रहेको पर्यटन विधेयकमाथि समेत छलफल अगाडि बढाउने विधायन समितिको तयारी छ । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले आफैँसँग राखेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाले प्रधानमन्त्रीसँगको भेटमा पर्यटन विधेयकमाथि छलफल अगाडि बढाउन सकिने बताएका थिए । पर्यटन विधेयकमाथिको छलफलमा सहभागी हुने गरी प्रधानमन्त्रीले कुनै एक मन्त्रीलाई जिम्मेवारी दिन सक्नेछन् । विधायन समितिकी सभापति दाहाल भन्छिन्, ‘चलचित्र र पर्यटन विधेयक अगाडि बढ्ने भएका छन् । बाँकी सभामा रहेकाको हकमा अधिवेशनपछि मात्रै थप छलफल हुन सक्नेछ ।’ कुनै पनि विधेयक ऐनमा रुपान्तरण हुन संघीय संसद् अन्तर्गतका दुवै सभा प्रतिनिधि सभा  राष्ट्रिय सभाबाट पारित हुनुपर्छ । हाल प्रतिनिधि सभा विघटित अवस्थामा छ । यस्तो अवस्थामा राष्ट्रिय सभाले बिचाराधीन विधेयक अगाडि बढाएर सभाबाट पारित गरेर मात्रै राख्न सक्दछ । प्रतिनिधि सभाको चुनाव भएर आए लगत्तै पठाउन सकिने र प्रतिनिधि सभाबाट समेत पारित भएपछि मात्रै ऐनमा रुपान्तरित हुन सक्दछ । संसदीय समितिका सभापति दहाल भन्छिन्, ‘नयाँ प्रतिनिधिसभा आएलगत्तै पठाउन सकिने र कानुन निर्माणलाई द्रुतता दिन सकिने भएकाले विचाराधीन विधेयक अगाडि बढाइएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
पाँच वर्षीय हदम्याद हटाउन तयार भए सरकार ;
पाँच वर्षीय हदम्याद हटाउन तयार भए सरकार ;
कुरा नमिल्दा आफ्नै नेताको हत्या
कुरा नमिल्दा आफ्नै नेताको हत्या
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते
तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह