बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
५३ पटक हेरिएको
Shares
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

सारांश

  • नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ  ।
  • झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ  ।
  • जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्  ।

३ कात्तिक, काठमाडौं ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ  । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ  । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्  । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए  ।

नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो  । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए । युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए । सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए । अर्कोति, काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो  ।

त्यसक्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् । त्यसपछि आक्रोशित युवाहरू विमानस्थल पुगेर तोडफोड सुरु गरेका थिए। त्यहाँको स्थिति अहिले पनि तनावग्रस्त छ। काठमाडौंबाट आउने भनिएका नेता रोकिएका छन् । एमालेका नेताहरू निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायतका नेता विमानस्थलभित्रै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
लागु औषधसहित एकजना पक्राउ
लागु औषधसहित एकजना पक्राउ
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी। 
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी।