संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
४० पटक हेरिएको
Shares
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् ।
  • उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
  • आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र ः चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् ।

३० कात्तिक, काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् । उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र ः चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् ।

‘संविधानको लामो अभ्यास गर्दै जाँदा यहाँभित्र पनि कमीकमजोरी छ कि यो संविधान पनि संशोधन गर्नुपर्छ कि, शासकीय स्वरुप, निर्वाचन प्रणाली विभिन्न कुराहरु उठेका छन् । त्यसकारण यी विषयमा र संघीयताको बारेमा अन्तरसंवाद गरेर मुलुकलाई निकाश दिनुपर्छ । साथै अब आउने निर्वाचनमा हालका सबै विषयमा खुलेर मनमा कुण्ठा नराखिकन देश र जनताको पक्षमा काम गर्न चाहान्छौ,’उनले भने । उनले जनताको अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भएपनि व्यवस्था मात्र परिवर्तन भएको पनि बताए । उनले नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विश्वभरकै उत्तम भएको समेत बताए ।

उनले भने, ‘अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए तर जतनाको अवस्था परिवर्तन नभएको व्यवस्था मात्र परिवर्तन भयो । यो अवस्था परिवर्तन गर्न नेतृत्वभित्र मन, वचन, कर्म शुद्ध भएर जनताको सोझौ चिताएर निष्ठावान भएर सपथ खाए जसरी काम गर्नुपर्छ संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थमा प्रतिनिधि पात्र परिवर्तित हुन्छन् । यो व्यवस्था भित्र चित्त बुझेन भने मन लागेको व्यक्ति, दल बदल्न सकिन्छ यो भन्दा उत्तम व्यवस्था अरु छैन ।’ हालको संविधानले सबै धर्म, संस्कृति, सस्कार र सबै वर्ग, समुदायलाई समेटेको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
दुई समिति सभापतिले लिए शपथ
दुई समिति सभापतिले लिए शपथ
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै