राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
४६ पटक हेरिएको
Shares
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल

सारांश

  •   गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने तर्फ अघि बढी सकेको बताएका छन्।
  • राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा गृहमन्त्री अर्यालले समितिको समसामयिक विषयमा डाकिएको बैठकमा भाग लिँदै सो कुरा बताएका हुन्।
  • बैठकमा समिति सदस्यहरूको जिज्ञासामा जवाफ दिनु हुँदै मन्त्री अर्याल भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ।

११ मंसिर, काठमाडौं । 

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने तर्फ अघि बढी सकेको बताएका छन्। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा गृहमन्त्री अर्यालले समितिको समसामयिक विषयमा डाकिएको बैठकमा भाग लिँदै सो कुरा बताएका हुन्। बैठकमा समिति सदस्यहरूको जिज्ञासामा जवाफ दिनु हुँदै मन्त्री अर्याल भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ।’

यो गैरदलीय सरकार भएकै कारण विधिको शासनलाई पूर्णरुपले प्राथमिकता दिँदै चुनावबाटै अवको निकास दिन सरकार तत्पर रहेको मन्त्री अर्याले बताए। औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमति गरी नै राखेकोले अव आफू पनि गृहमन्त्रीको हैसियतले राजनीतिक दल, नव पुस्ता, र सबै पक्षसँग वार्ता र संवादबाट नै चुनावको वातावरण सुनिश्चित गर्ने तर्फ लागि पर्ने बताए।   धेरै भन्दा धेरै लुटिएका हात हतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको हुनाले फरार कैदी बन्दी र लुटिएका हतियारले गर्दा नै चुनाव प्रति विभिन्न शङ्का उपशङ्का राख्नु पर्ने स्थिति नरहेको मन्त्री अर्यालले धारणा थियो। ‘हिंसा हामी सबैका लागि वर्जित छ, यो हुनु हुन्थेन र अव पनि यो हुने कुरा हाम्रो सरकार सजक  र संवेदनशिल छ,’ मन्त्री अर्यालले भने। लुटिएका हात हतियार के कति बाहिर हो भन्ने विषयमा यो सरकारको सुरक्षा प्रोटोकल भित्र गोप्य रहन्नु पर्ने भएकोले, सङ्ख्या यति नै हो भन्न मिल्दैन मन्त्री अर्यालले समिति सदस्यहरूलाई बताए। तर सरकारले हतियार र फरार कैदी वन्दी पक्राउ गर्न विशेष अप्रेसन र संयुक्त सुरक्षा गस्तीलाई देशै भर उच्च प्राथमिकता दिएकोसमेत मन्त्री अर्यालले भने।

कुनै पनि आन्दोलन र सडक प्रदर्शनमा सरकारले गैर घातक हतियारको प्रयोग लाई बढी प्राथमिकता दिएर हाम्रा सुरक्षाकर्मीलाई सोही अनुरूप परिचालनको नीतिगत व्यवस्था गर्नु पर्नेमा मन्त्री अर्यालले जोड दिए। यस्तै, मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये ५ सय ९५ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। ‘भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कूल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था रहेको छ’ मन्त्री अर्यालले भने। मन्त्री अर्यालले हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइसकेको जानकारी दिए। बैठकमा समिति सभापति माया प्रसाद शर्माले समितिको बैठकमा अबको राजनीतिक निकास भनेकै निर्वाचन भएकोले सरकारले घोषित मितिमै निर्वाचन गराउने गरी सम्पूर्ण वातावरण बनाउनेमा समिति विश्वस्त रहेको बताउँदै, समितिमा उपस्थित भएर गृह मन्त्रालयसँग गाँसिएका जनसरोकारका विषयलाई सम्बोधन गरिदिएकोमा धन्यवाद दिए। समिति सदस्यहरू नर बहादुर विष्ट, मदन कुमारी शाह, मदन बहादुर परिवार, कृष्ण प्रसाद अधिकारी, रुक्मिणी कोइराला, युवराज शर्मा, सुमित्रा वि सी र रेनु चन्द लगायतले गृह मन्त्रालय अन्तर्गत सार्वजनिक चासो र विषयमा आआफ्ना जिज्ञासा राखेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण