कुस्ती खेल प्रती युवाको चासो कम, गरुडामा प्रतियोगीताको आयोजना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
कुस्ती खेल प्रती युवाको चासो कम, गरुडामा प्रतियोगीताको आयोजना

सारांश

  • रौतहट सहित तराई–मधेशका जिल्लामा हुने महोत्सब तथा मेलामा मात्र कुस्ती (दङ्गल) खेल हुने गर्छ ।
  • यस खेलको प्रतियोगिता नहुदा युवाहरुमा चासो र रुचि कम भएको पाइएको छ ।
  • कतिपय युवालाई कुस्ती खेलको बारेमा जानकारी पनि छैन ।

२० कात्तिक, रौतहट ।

रौतहट सहित तराई–मधेशका जिल्लामा हुने महोत्सब तथा मेलामा मात्र कुस्ती (दङ्गल) खेल हुने गर्छ । यस खेलको प्रतियोगिता नहुदा युवाहरुमा चासो र रुचि कम भएको पाइएको छ । कतिपय युवालाई कुस्ती खेलको बारेमा जानकारी पनि छैन । जसका कारण कुस्ती खेल बिस्तारै हराउँदै गएको छ ।

कुनै समय गाउँ घरमा निकै लोकप्रिय मानिएको कुस्ती खेललाई संरक्षण गर्ने उदेश्यले गरुडा नगरपालिकाको वार्ड नं.५ स्थित रहेको झाझपुलमा विराट कुस्ती प्रतियोगिताको आयोजना गरिएको छ । कार्तिक पुर्णिामाको अवसर पारेर गरिएको प्रतियोगितामा कुस्ती खेलाडीले आफ्नो कौशलता देखाउने थलो पाएका छन । तर यो खेल पछिल्लो समय ओझेलमा परेको भन्दै गरुडा नगरपालिकाको वार्ड नं.५ का वडा अध्यक्ष रामबिनोद जैसवालले चिन्ता व्यक्त गरे । कुस्ती खेल प्रतियोगिताको उद्घाटन गर्दै उनले अब देखि यस खेलको संरक्षणका लागि वर्षेनी प्रतियोगिता आयोजना गर्ने बताए ।

यो यहाको प्राचीन खेल हो, यसको संरक्षण गर्न अति आवश्यक रहेको उनले औल्याए । उनले भने परम्परागत कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको प्रतीक हो। यस्तो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अनुशासन, साहस र आत्मविश्वास जगाउने काम गर्छ। अहिले गाउँ घरमा फाट्टफुट्ट रुपमा कुस्ती खेल हुने गएपनि दर्शक खासै हुदैन ।आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि यसको संरक्षणमा सबै तह जुट्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन
बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन