२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण

सारांश

  • बुधबार सेयर बजार १२.
  • १७ अंक बढेको छ ।
  • सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।

१९ कात्तिक, काठमाडौं ।

बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ । कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो ।१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढ्यो ।

बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशत बढे । होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घट्यो । दुई कम्पनी माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्सको ८.७६, सम्पदा लघुवित्तको ६.०६, माहुली लघुवित्तको ५.१५ प्रतिशत मूल्य बढ्यो । त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । अभियान लघुवित्तको ४.६७, विन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्य ४.०८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय