राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

सारांश

  • अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
  • अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

५ चैत, काठमाडौं ।

अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । त्यस्तै आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल)विरुद्ध पनि मुद्दा दायर भएको छ । हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारले उल्लेख गरेको छ ।

यसमा अख्तियारले सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन भएको पनि स्मरण गराएको छ । अख्तियारले गाउँपालिका प्रमुखविरुद्ध भ्रष्टाचार भएको रकम बराबरको बिगो र थप सजाय पनि माग गरेको छ । बिगो रकम १२ लाख ७७ हजार २५० रुपैयाँ माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...