Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यस्तो छ तपाईको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
यस्तो छ तपाईको आजको राशिफल

सारांश

  • पढाइमा रुचि बढ्नेछ।
  • परीक्षाको दिन भए राम्रो नतिजा प्राप्त हुनेछ।
  • निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ।

मेष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। पढाइमा रुचि बढ्नेछ। परीक्षाको दिन भए राम्रो नतिजा प्राप्त हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

वृष : स्वास्थ्यमा नसोचेको समस्या हुनसक्छ। खानपानमा सचेत बन्नुपर्नेछ। शिक्षाको लगानीमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारले संकटमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंले विश्वास र संरक्षण गरेका मान्छे विपक्षी कित्तामा पुग्नेछन्। बोल्दा शब्दको चयन गर्नु राम्रो हुनेछ। सानो भनेर रोगलाई लापरवाही गरेमा गम्भीर जोखिम बढ्नसक्छ। परिवारमा तपाईंको कुरा नबिक्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो होला।

कर्कट : लगानी गरेको भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। सम्पत्ति र पदले घमण्ड बढ्नेछ। लगानीका स्रोतमध्ये उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

सिंह : सुन्दर बन्न मन लाग्नेछ। तपाईंको रुपको प्रशंसा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारमा हुने सम्बन्धमा शान्त वातावरण बन्नेछ। खानपानमा ख्याल नगर्दा नयाँ रोगको प्रकोप बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो होला।

कन्या : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनसक्ने जोखिम देखिन्छ। लगानीका क्षेत्रमध्ये भूमि सम्बन्धी कारोबारमा आम्दानी हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

तुला : लगानीका क्षेत्रमा सफलता मिल्नेछ। निजी क्षेत्रको लगानीबाट अगाडि बढ्ने योग छ। सामाजिक संस्था र पश्चिमा धर्मको आँडमा नाम र दाम बढ्नेछ। परिवारमा रचनात्मक काम बन्नेछ।

वृश्चिक : आम्दानीका बाटा प्रशस्त भए पनि मन अशान्त बन्ने जोखिम छ। धार्मिक चर्चा परिर्चामा सहभागी हुन पाइने छ। वैदेशिक क्षेत्रको लगानीमा मन जानेछ। परिवारमा सुख मिल्ने योग छ।

धनु : धन लाभ हुने दिन छ। राजनीतिक संगठनबाट साथ र सहयोग रहनेछ। परिवारले ठुलो साथ दिनेछ। खानपानमा ख्याल नगर्ने बानीले पेट सम्बन्धी समस्या बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

मकर : आफ्नो इच्छा विपरितको काम गर्नुपर्ने बाध्यता हुनसक्छ। मन अशान्त बन्नेछ। शनि शान्ति गरेमा मन सामान्य बन्नसक्छ। शनिको पूजा मात्र गरेमा परिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : सप्तम भावमा चन्द्रमा रहेका छन्। परिवारमा प्रेम बढ्नेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : अनावश्यक खर्च बढ्ने जोखिम छ। सानोसानो काममा खर्च कटौती गर्नुपर्ने देखिन्छ। आफन्तले हरेक काममा साथ दिनेछन्। बिहानै गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा
झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा
१२.५८ अंक बढेर सेयर बजार २६०० माथि
१२.५८ अंक बढेर सेयर बजार २६०० माथि
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष  समारोह सम्पन्न गरीएको छ ।
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष समारोह सम्पन्न गरीएको छ ।
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ
काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने
काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने