Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

सारांश

  • नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
  • भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।
  • उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो ।

१३ कार्तिक, बुटवल ।

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो ।

मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । ६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । अस्पताल पुर्‍याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा
चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा