फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
अमरेश कुमार पाण्डे
१२ कात्तिक, बारा। जिल्लाकै चर्चित नेताको रूपमा मानिन थालिएका युवा नेता उमेश दुबेले मोतियाबिन्दुका कारण कसैले आफ्नो आँखा गुमाउनु नपरोस भन्दै नि:शुल्क आँखा शिविरको आयोजना गरिएको बताउनु भयो । बुधवार फेटा गाउपालिका वडा नम्बर ४ फुलवरीया र बतरामा आयोजित नि:शुल्क आँखा शिविरमा बोल्दै युवा नेता अर्थात फेटा गाउपालिका अध्यक्ष पदको भावी उम्मेदवार उमेश दुबेले मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस भन्दै निशुल्क आँखा शिविरको आयोजना गरिएको बताउनु भएको हो ।
वीरगञ्ज सामुदायिक आँखा केन्द्र वीरगञ्ज पर्साको सहकार्यमा सम्पन्न निशुल्क आँखा शिविर कार्यक्रममा फुलवरीया टोलमा २७० जनालाई र बतरा टोलमा १०६ जनालाइ चेकजाच गरिएको डा. महेश धामीले जानकारी दिनुभयो । उहाले चेकजाच गरेको मध्ये ५५ जना मोतियाबिन्दु संक्रमण फेला परेको बताउनु भयो ।
यता जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिकाको अध्यक्ष पदको उम्मेदवार समेत रहनु भएका उमेश दुबेले समाजसेवामा होमिएका स्थानीय राजु यादवको विशेष पहल र सहकार्यमा निशुल्क आँखा शिविर भोलि अर्थात बिहिवार पनि जारी राख्ने जानकारी दिनुभयो । उहाले बिहिवार फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा निशुल्क आँखा शिविर जारी रहने र गाउपालिकाको प्रत्येक वडा, प्रत्येक टोलमा सम्पन्न नहुनजेल कार्यक्रम संचालन नै राख्ने जानकारी दिनुभयो ।






Post Comment