लयमा फर्कियो श्रम मन्त्रालय, भवन जलेपनि सेवा नरोक्ने उद्घोष

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
लयमा फर्कियो श्रम मन्त्रालय, भवन जलेपनि सेवा नरोक्ने उद्घोष

सारांश

  • भदौ २३ र २४ गतेको जेनजी युवाहरुको प्रदर्शनबाट क्षति पुगेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनमुखी सेवाप्रवाहलाई निरन्तरता दिँदै डिजिटल ट्रान्सफर्मेसन र फेसलेस गभर्नेन्सलाई अघि बढाउने घोषणा गरेको छ ।
  • मन्त्री जयराम थापाले नागरिकका सवारीसाधनमा भएको क्षतिको जिम्मेवारी लिँदै पूर्णरुपमा नष्ट भएका सवारीसाधनको करछुट, नवीकरण दस्तुर मिनाहा र आंशिक क्षति भएका साधन नचल्दासम्मको करमाफी प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
  • सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा श्रम, तथा यातायात सूचना मन्त्री थापाले सेवाप्रवाहमा पारदर्शिता, जवाफदेहिता र स्मार्ट समाधानका माध्यमबाट प्रदेश सरकारले नयाँढंगमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

२७ असोज, हेटौंडा ।

भदौ २३ र २४ गतेको जेनजी युवाहरुको प्रदर्शनबाट क्षति पुगेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनमुखी सेवाप्रवाहलाई निरन्तरता दिँदै डिजिटल ट्रान्सफर्मेसन र फेसलेस गभर्नेन्सलाई अघि बढाउने घोषणा गरेको छ । मन्त्री जयराम थापाले नागरिकका सवारीसाधनमा भएको क्षतिको जिम्मेवारी लिँदै पूर्णरुपमा नष्ट भएका सवारीसाधनको करछुट, नवीकरण दस्तुर मिनाहा र आंशिक क्षति भएका साधन नचल्दासम्मको करमाफी प्रक्रिया अगाडि बढाइएको बताएका छन् । सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा श्रम, तथा यातायात सूचना मन्त्री थापाले सेवाप्रवाहमा पारदर्शिता, जवाफदेहिता र स्मार्ट समाधानका माध्यमबाट प्रदेश सरकारले नयाँढंगमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

जेनजी आन्दोलनका क्रममा मन्त्रालयको मुख्य भवन पूर्णरुपमा क्षतिग्रस्त भएको र यातायात व्यवस्था कार्यालयहरुमध्ये दुईवटा कार्यालय पूर्णरुपमा, दुई वटामा आंशिकरुपमा क्षति पुगेको जानकारी दिइएको छ । प्रदेश सरकारका १ सय ९५ वटा सवारीसाधन (चारपांग्रे ५३ र दुईपांग्रे १ सय ४२) जलेर करिब २१ करोड ६७ लाख बराबर क्षति भएको उल्लेख गरिएको छ । मन्त्रालयले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणालीमार्फत् अब लाइसेन्स प्रक्रिया डिजिटल बनाउने बताएको छ । उक्त प्रणालीमा राष्ट्रिय परिचयपत्रसँग एकीकृत क्युआर कोडयुक्त लाइसेन्स वितरण हुनेछ । बागमती भेहिकल रजिष्ट्रेसन सिस्टम र ई–ब्लुबुक प्रणालीमार्फत् सवारी कर, नवीकरण तथा विवरण अद्यावधिक गर्न अब अनलाइन भुक्तानी प्रणालीमार्फत् सुबिधा उपलब्ध हुनेछ । ‘अब सेवाग्राहीले अनलाइनबाट प्रक्रिया पूरा गरी घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन् । बिचौलिया संस्कार अन्त्यका लागि यातायात कार्यालयहरुलाई बिचौलियानिषेध क्षेत्र घोषणा गरिनेछ,’ मन्त्री थापाले भने ।

प्रदर्शनका कारण कार्यालय बन्द हुँदा सेवा वञ्चित सेवाग्राहीलाई लाग्ने जरिवाना मिनाहा गरिने पनि मन्त्रालयले जानकारी दिएको छ । सेवाप्राप्तिमा कुनै अवरोध आए ९८५१०४५५४० मा सीधा मन्त्रीलाई सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । प्रदेश सरकारले १० हजार युवालाई रोजगार सिर्जना, पाँचसय युवालाई निःशुल्क ड्राइभिङ तालिम दिइ लाइसेन्स वितरण गर्ने तथा डिजिटल फाइल प्रणाली लागु गर्ने कार्यक्रम पनि अघि सारेको छ । यातायात व्यवस्था सुधारका लागि उच्चस्तरीय तीन सदस्यीय समिति गठनको तयारी र ट्रायल तथा स्वास्थ्य परीक्षण केन्द्रहरुको स्तरोन्नति पनि प्राथमिकतामा रहेको मन्त्री थापाले जानकारी दिए । मन्त्री थापाले भने,‘हाम्रा भवनहरु जल्न सक्छन् । तर, सेवा रोकिन्न । अब नागरिकको हातमा भएको मोबाइल नै सरकारी कार्यालय हो ।’ उनले नागरिक, श्रमिक र सिपको सम्मान गर्दै बागमती प्रदेशलाई पारदर्शी, उत्तरदायी र डिजिटल प्रशासनतर्फ अग्रसर बनाउने प्रतिबद्धता दोहो¥याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ हालसम्मकै महँगो
सुनको भाउ हालसम्मकै महँगो
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
बोलेरोको ठक्करबाट एक  विद्यार्थीको मृत्यु, एक घाइते
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
४७ वर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बन्दै
४७ वर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बन्दै
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या