नेपाल सुन्दर छ, तर जोखिमपूर्ण छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
नेपाल सुन्दर छ, तर जोखिमपूर्ण छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
  • सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री अर्यालले भौगोलिकरूपमा नेपाल सुन्दर भए पनि जोखिमपूर्ण रहेको बताए ।
  • नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुक्खालगायत प्राकृतिक तथा मानव सिर्जित विपद्हरूको उच्च जोखिममा रहेको उनले बताए ।

२७ असोज, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री अर्यालले भौगोलिकरूपमा नेपाल सुन्दर भए पनि जोखिमपूर्ण रहेको बताए । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुक्खालगायत प्राकृतिक तथा मानव सिर्जित विपद्हरूको उच्च जोखिममा रहेको उनले बताए ।

उनले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए । संविधान, राष्ट्रिय नीति तथा कानुनहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले जानकारी दिए । केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरू क्रियाशील रहेको उनको भनाइ छ । उनले बाढी तथा डुबानजस्ता जोखिमहरूको पूर्वजानकारीका लागि ‘अर्ली वार्निङ सिस्टम’को विस्तार गरिएको पनि जानकारी दिए । “केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका थुप्रै संयन्त्रहरू क्रियाशील छन् ।

सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चार जगत्, नागरिक समाजलगायतको समन्वयात्मक, सहकार्यत्मक र सहभागितात्मक क्रियाशीलताले विपद् व्यवस्थापनको कार्यहरूले सफलता पाउँदै गएका छन्,” उनले भने । उनले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नभएको बताउँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको बताए । विपद् जोखिम न्यूनीकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उनको भनाइ छ । नीति निर्माणदेखि कार्यान्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय, सहकार्यविना दिगो समाधान सम्भव नभएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प
कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय
ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई  गाउँपालिकाको  १० लाख राहत
कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई गाउँपालिकाको १० लाख राहत
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त