सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
२६ असोज, काठमाडौँ ।
सर्वोच्च अदालतले यही असोज २८ गते मंगलबारदेखि रिट दर्ता खुला गर्ने भएको छ । आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता तथा सहरजिष्टार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट क्षतिका कारण बन्दी प्रत्यक्षीरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका सबै कार्य स्थगित भएको थियो ।




Post Comment