७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
२६ असोज, काठमाडौं ।
आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ५० अर्ब खिच्ने भएको छ। बैंकले ७ दिने निक्षेप जारी गर्दै बजारबाट तरलता प्रशोचन गर्ने भएको हो।

राष्ट्र बैंकले कात्तिक २ गते फिर्ता गर्ने गरी निक्षेप संकलन गर्न लागेको जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आइतबार ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा सहभागी हुनुपर्नेछ।




Post Comment