प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सारांश

  • मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।
  • उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
  • सप्तरी क्षेत्र नं.

१९ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए । सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो । बोदेबर्साइन नगरपालिका ५ बस्ने  यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो।

वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा गोली प्रहार गरी हत्या भएको थियो । मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् । जाहिरीपरेपछि यादव फरार थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरि मुल्तवीमा राखि अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचिमा थिए र प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
बाढीपहिरोका कारण गुल्मीका तीन मुख्य सडकहरु अवरुद्ध
बाढीपहिरोका कारण गुल्मीका तीन मुख्य सडकहरु अवरुद्ध
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
३७०० ले घट्यो सुनको मूल्य,
३७०० ले घट्यो सुनको मूल्य,
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?