Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
१०८ पटक हेरिएको
Shares
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

सारांश

  • भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।
  • मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ।
  • ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए।

२३ असोज, काठमाडौँ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ।

ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए। ‘देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति भएको छ। कलंकी, धनगढीलगायतका कार्यालयमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘अन्य कार्यालयमा भौतिक संरचनामात्रै क्षति भएको छ, कागजातहरू भने सुरक्षित छन्। तथ्याङ्क संकलन भइरहेको छ।’ कागजातसहित भौतिक संरचना समेत ध्वस्त भएका कार्यालयहरूले सूचना जारी गर्दै काम सुरु गरिसकेको प्रवक्ता आचार्यले जानकारी दिए।
‘वडा, गाउँपालिका, नगरपालिका कार्यालयहरू जलेका ठाउँमा केही कठिनाइ हुन्छ। तर सबै ठाउँमा अनलाइन प्रणाली छ। इन्ट्री भएको छैन कि भन्ने कुरा मात्र हो,’ उनले भने, ‘पुर्जा भएका ठाउँमा त्यही हेरेर पनि काम गर्न सकिन्छ।’

उनका अनुसार फिल्डमा गएर वा सिमाना साक्षीहरू (साँध–सिमाना देखाउनेहरू) सँग सोधेर पनि काम गर्न सकिन्छ। साथै, विभिन्न प्रयोजनका लागि सहकारी वा बैंकहरूमा बुझाइएको हुन सक्ने कागजातहरूको फोटोकपीबाट प्रमाण जुटाउन सकिने उनले बताए। मालपोत कार्यालय, कलंकीले भदौ २३ र २४ मा ‘जेनजी’ ले गरेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कार्यालय भवन र अभिलेखहरू जलेर नष्ट भएका कारण सेवा प्रवाह बन्द भएको र स्रेस्ता पुनः निर्माणका लागि मंगलबार सूचना जारी गरेको छ। सूचनामा भनिएको छ, ‘सेवा प्रवाह पुनः सुचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता तयार गर्न जग्गाधनी स्वयं उपस्थित भई भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार देहायका कागज–प्रमाणसहित निवेदन पेस गर्नुपर्नेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली