लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
४९ पटक हेरिएको
Shares
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु

सारांश

  •     सर्लाही जिल्लाको मलंगवा नगरपालिका–५, भाडसर स्थित लखनदेही खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
  • मृत्यु हुनेमा भाडसरकै बिनोद ठाकुरका १८ वर्षीय छोरा ओम ठाकुर रहेको प्रहरीले जनाएको छ।
  • घटना मंगलबार बिहान करिब ११ बजेतिर भएको हो।

२१ असोज, सर्लाही।   

सर्लाही जिल्लाको मलंगवा नगरपालिका–५, भाडसर स्थित लखनदेही खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भाडसरकै बिनोद ठाकुरका १८ वर्षीय छोरा ओम ठाकुर रहेको प्रहरीले जनाएको छ। घटना मंगलबार बिहान करिब ११ बजेतिर भएको हो। स्थानीय चार जना युवकहरू खोलामा नुहाउन गएका बेला पानीको बहावले बगाउँदा तीन जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भए पनि ओम ठाकुर बेपत्ता भएका थिए।

बेपत्ता भएका ठाकुरको खोजीका लागि प्रहरी टोली खटिएको थियो। खोजीका क्रममा दिउँसो करिब १ बजे ओम ठाकुरलाई खोलामै पानीमा तैरिएको अवस्थामा फेला पारिएको थियो। तत्काल उद्धार गरी उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, अस्पतालमा पुर्‍याएको केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित  ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
नेपाल हङकङसँग पराजित
नेपाल हङकङसँग पराजित
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक
टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक
गृहमन्त्री अर्यालको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने
गृहमन्त्री अर्यालको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु