२३ माघ २०८२, बिहीबार

बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग

२० असोज, रामेछाप ।

अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षतिपुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमितहवाइसेवा सञ्चालन गर्न माग गरिएको छ। जिल्लाविपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमाबन्दभएकाले तत्काल वैकल्पिकव्यवस्था स्वरूप काठमाडौं–मन्थलीहवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो।

प्रमुखजिल्लाअधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हवाई सेवा सञ्चालनभएमा रामेछापवासी तथायात्रुहरूलाई काठमाडौं आउजाउमा सहजहुने निष्कर्ष निकालेको छ। अहिले राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं जानकालागि दोलखाको चरिकोट हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता बनेको छ। बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमानिगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधनपास हुने व्यवस्थामिलाउन सम्बन्धितनिकायलाई निर्देशनदिएको छ। त्यसैगरी, जिल्लाभर लगातार वर्षा भइरहेकाले सर्वसाधारण नागरिकलाई अत्यावश्यककामबाहेक टाढाको यात्रामाननिस्कनआग्रह गरिएको छ।

विपद् जोखिम बढ्दै गएपछि सडक डिभिजन कार्यालय, स्थानीयतह र पूर्वाधार विकास कार्यालयलाई एक्स्काभेटर, जेसिभी, टिफर र ट्र्याक्टरजस्ता उपकरण तयारी अवस्थामा राख्नपनि निर्णय गरिएको छ।  बैठकले वर्षासँगै गड्याङगुडुङसहित परिरहेकोले घरबाहिर ननिस्कन र आवश्यक सावधानीअपनाउनपनिनागरिकलाई अनुरोध गरेको छ। विपद्जन्य घटनाबाट हुन सक्ने क्षतिन्यूनिकरणका लागि स्थानीयविपद् व्यवस्थापन समिति, सुरक्षानिकाय, विषयगतकार्यालय, राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संघ–संस्था र सञ्चार माध्यमहरूलाई उद्धार, राहत र पुनःस्थापनाकार्यमा सक्रिय रहनआह्वान गरिएको छ।

Post Comment

छुटाउनुभयो कि ?