रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
१८ असोज, रौतहट ।
कटहरिया नगरपालिका- २ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ । आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ । बस्ती र सरकारी कार्यालयहरु डुबानमा परेका छन्। पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा ३२६ मिलिमिटर) गौरमा ३०४.४ मिलिमिटर, गरुडामा २७०.४ मिलिमिटरमा पानी परेको छ ।





Post Comment