जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण

सारांश

  • उदयपुरको कटारी नगरपालिका वार्ड नं.
  • १४ लेखानी स्थित चन्द्रावती माध्यमिक विद्यालयको नव निर्मित २ वटा विद्यालय भवन र एक शौचालय समेत ३ वटा ब्लकको एक कार्यक्रमका विच नेपालकालागि जापानी राजदूत माइदा तोरुले उद्घाटनपछि हस्तान्तरण गरेका छन् ।
  • विद्यालय भवन उद्घाटन गर्दै राजदूत माइदा तोरुले नैपाल र जापान विचको सम्बन्ध पुरानो हो ।

 

१३ फागुन,  उदयपुर । उदयपुरको कटारी नगरपालिका वार्ड नं.१४ लेखानी स्थित चन्द्रावती माध्यमिक विद्यालयको नव निर्मित २ वटा विद्यालय भवन र एक शौचालय समेत ३ वटा ब्लकको एक कार्यक्रमका विच नेपालकालागि जापानी राजदूत माइदा तोरुले उद्घाटनपछि हस्तान्तरण गरेका छन् ।

विद्यालय भवन उद्घाटन गर्दै राजदूत माइदा तोरुले नैपाल र जापान विचको सम्बन्ध पुरानो हो । एक असल मित्र राष्ट्रको नाताले र गरिब देश भएकोले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न प्रकारका सहयोग गर्दै आएको बताएका छन् । नेपाल र जापान उस्तै भौगोलिक बनौट भएको देश भए पनि नेपालमा २०७२ सामा आएको भूकम्पले र बेला बेलामा प्राकृतिकप्रकोप पर्ने गरेको स्मरण गराउँदै राजदूत तोरुले यस्ता आपत विपदका समयमा पनि जापान सरकारले नेपाललाई सहयोग गर्दै आएको बताए ।

सामाजिक र आर्थिक विकासमा स्थानीयलाई सहयोग पुगोस भन्ने उद्देश्यले यो विद्यालय भवन निर्माणमा सहयोग गरेको बताउँदै राजदूत तोरुले जापान सरकारको जिजिपि कार्यक्रम को यो सहयोगले स्थानीय स्तरमा क्रियाशिल संस्थाहरुसँगको सहकार्यमा काम गरेको बताए । नयाँ निर्माण गरिएको यो भवन सहयोग र मित्रताको प्रतिकका रुपमा रहृकाृ पनि राजदूत तोरुले बताए आउँदा दिनहरुमा पनि जापान सरकारले नेपाललाई आर्थिक, प्राविधिक, शैक्षिक, भौतिक तथा औधोगिक क्षेत्रमा पनि सहयोग गर्ने जानकारी दिंदै हालसम्म जापानले नेपाललाई सडक यातायात, शिक्षा, स्वास्थ्य उद्योगधन्दा लगायतका क्षेत्रमा सहयोग गरिरहेको बताए ।

उक्त अवसरमा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ, कटारी नगरपालिकाकी उप प्रमुख गीता खड्का कार्की,लगायतकाले मन्तव्य दिएका थिए । जापानी राजदुतावासको आर्थिक सहयोग (जापान सहयोग नियोग, जाइका) को तथा किड्स अफ काठमाण्डौको डिजाइन तथा संयोजनमा निर्माण भएको २ वटा उक्त विद्यालय भवन ५ कोठाको रहेको छ भने शौचालयकालागि छुट्टै भवन निर्माण गरिएको छ । सो कार्यक्रममा किड्स अप नेपालका प्रबन्ध निर्देशक बाबुराम गोलेले विद्यालय निर्माण आवश्यकताका बारेमा र निर्माण लागतका बारेमा जानकारी दिए । जापानी राजदुताबासको आर्थिक सहयोग रु. ९९ लाख ३३ हजार ९९० रुपैयाको लागतमा विल्ड अप नेपाल इन्जिनियरिङ प्रा.लि. ललितपुरको निर्माण कम्पनिले प्राविधिक सहयोग सहित निर्माण गरेको हो ।

 

३ कोठा र २ कोठाको दुईवटा भवन र छात्र तथा छात्राकालागि शौचालय समेत तीनवटा भवन २०८० फागुन ३ गतेबाट निर्माण शुरु गरेको र २०८१ असोज महिनामा निर्माण सम्पन्न भएको हो । किड्स अफ काठमाडाैंले वर्षमा एउटा विद्यालय निर्माण गर्ने गरेको र यो विद्यालय ११ औँ रहेको जानकारी किड्स अफ काडमाडाैंकी कार्यक्रम अधिकृत सरोजा हाकु दुवालले बताइन् । उदयपुर जिल्लाको दुर्गम पहाडी क्षेत्रमा अवस्थित यस विद्यालयमा कक्षा १ देखि १२ सम्म पठन पाठन हुने गरेको भए पनि कक्षा कोठाको अभावमा पठन पाठनमा समस्या भैरहेको थियो । जापानी राजदुतावासले विद्यालय भवन निर्माण गरिदिएपछि विद्यार्थी, शिक्षक, अभिभावक लगायतका समपूर्ण स्थानीयहरु अत्यन्त खुशी भएकाे बताएकी छन् ।

जापान सरकारले नेपाल सरकारलाई विभिन्न समयमा शिक्षा, स्वास्थ्य, सडक यातायात, उद्योगधन्दा निर्माणमा आर्थिक भौतिक प्राविधिक तथा अन्य महत्वपूर्ण सहयोग गर्दै आएको छ । उदयपुरको जलजलेमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग, बर्दिवास-सिन्धुली- बनेपा वि.पि लोकमार्ग जापान सरकारकै सहयोगमा निर्माण सम्पन्न भएको हो । आजै नेपालस्थित जापानी राजदुतावासले एक प्रेस वकतव्य प्रकाशित गरेर विद्यालय भवन हस्तानन्तरण कार्यक्रम गरेर ग्रामिण समुदायको हित तथा मानव कल्याणका काम हो । सन १९६० मा स्थापित यो विद्यालयको अवस्था कमजोर रहेकोले सुधार गर्न र शैक्षिक अवस्थामा सुधार गरेर शैक्षिक अवस्थामा प्रगति गर्दै आर्थिक अवस्थामा पनि प्रगति होस भन्ने उद्देश्यले सहयोग गरिएको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
धनुषामा करेन्ट लागेर एक महिलाको मृ*त्यु
धनुषामा करेन्ट लागेर एक महिलाको मृ*त्यु
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
सुनको मुल्य एकैदिन तोलामा १३ सय बढयो
सुनको मुल्य एकैदिन तोलामा १३ सय बढयो