२३ माघ २०८२, बिहीबार

मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा

१८ असोज, काठमाडौं।

बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ । आज अपराह्न चार बजेसम्मको रेकर्ड अनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ । गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यसपछि धेरै वर्षा पर्सामा भएको छ । पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको छ । बारामा कलैयामा २१०.६, निजगढमा १५७.८, रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ । मौसमविदहरुले आज राति थप वर्षा हुने पूर्वानुमान गरेका छन् । त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन उनीहरुले भनेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?