नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु

सारांश

  • काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ ।
  • प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो ।
  • त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् ।

१८ असोज, काठमाडौं ।

काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ । प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् ।

नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे ९ बजे यो समाचार तयार पार्दासम्म करिब २ सय गाडी काठमाडौं फर्किसकेका छन् । शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।

अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ । ‘हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालक/सहचालक सबैमा हार्दिक कृृतज्ञता व्यक्त गर्न चाहन्छौँ,’ माइकिङमा भनिएको छ, ‘तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने