Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु

सारांश

  • सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक वृद्धासहित तीन जना बालबालिकाको ज्यान गएको छ।
  • बुधबार बिहान करिब ९ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ठूलो ढिस्को खस्दा ४ जना व्यक्तिहरू पुरिएका थिए।
  • घटनापछि प्रहरीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाए पनि बिहान करिब १०:४५ बजे अस्पतालले सबैलाई मृत घोषणा गरेको हो।

१५ असोज, सर्लाही ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक वृद्धासहित तीन जना बालबालिकाको ज्यान गएको छ। बुधबार बिहान करिब ९ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ठूलो ढिस्को खस्दा ४ जना व्यक्तिहरू पुरिएका थिए। घटनापछि प्रहरीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाए पनि बिहान करिब १०:४५ बजे अस्पतालले सबैलाई मृत घोषणा गरेको हो।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना निवासी बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, उदय मंसुरकी ६ वर्षीया छोरी सविवा खातुन, अल्लाउद्दिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
काठमाडौंका नदी किनारमा यात्रा गर्न रोक
काठमाडौंका नदी किनारमा यात्रा गर्न रोक
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु