१४ चैत्र २०८२, शनिबार

माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु

१५ असोज, सर्लाही ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक वृद्धासहित तीन जना बालबालिकाको ज्यान गएको छ। बुधबार बिहान करिब ९ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ठूलो ढिस्को खस्दा ४ जना व्यक्तिहरू पुरिएका थिए। घटनापछि प्रहरीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाए पनि बिहान करिब १०:४५ बजे अस्पतालले सबैलाई मृत घोषणा गरेको हो।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना निवासी बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, उदय मंसुरकी ६ वर्षीया छोरी सविवा खातुन, अल्लाउद्दिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?