सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ

सारांश

  • सुनसरीमा महिलाको हत्या भएको छ भने प्रहरीले प्रधानाध्यापक रहेका उनका पतिलाई पक्राउ गरेको छ।
  •   सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार झगडाका क्रममा प्रधानाध्यापक सुमन दाहालले पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन्।
  •   दाहाल खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्।

१५ असोज, सुनसरी ।

सुनसरीमा महिलाको हत्या भएको छ भने प्रहरीले प्रधानाध्यापक रहेका उनका पतिलाई पक्राउ गरेको छ।  सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार झगडाका क्रममा प्रधानाध्यापक सुमन दाहालले पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन्।  दाहाल खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्।

उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमान्-श्रीमतीबीच विवादका क्रममा उक्त घटना भएको देखिएको छ। पतिको कुटाइबाट अनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ।  भट्टराई इटहरीमा बसेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन्। प्रहरीका अनुसार पोस्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटनाको पृष्ठभूमि र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
बंगलादेशमा फेरि हिंसा : ४० जना घाइते
बंगलादेशमा फेरि हिंसा : ४० जना घाइते
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा
इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो