अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

सारांश

  • आइतबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याइरहेको सहयोगका विषयमा छलफल भयो ।
  • छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनः निर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरूलाई निरन्तरता दिइने बताए ।
  • उक्त अवसरमा निर्माणाधीन नागढुङ्गा  टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरू र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक बाढी प्रभावित आपत्कालीन पुनः स्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो ।

१२  असोज, काठमाडौं

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याइरहेको सहयोगका विषयमा छलफल भयो । छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनः निर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरूलाई निरन्तरता दिइने बताए ।

उक्त अवसरमा निर्माणाधीन नागढुङ्गा  टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरू र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक बाढी प्रभावित आपत्कालीन पुनः स्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो ।  त्यस अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
जलवायु परिवर्तनको क्षतिपूर्ति माग गर्दै काठमाडौँमा प्रदर्शन
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि
जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति