अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
१० असोज, काठमाडौं :
अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति सुरु भएको जानकारी दिएका हुन्।

कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणालीमा लैजान खोजिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार डिजिटल गर्दा समय र श्रमको बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्नेछ।




Post Comment