नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे
६ असोज, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् आज विस्तार हुँदैछ । आइतबार नै ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस भइसकेको र आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

सिफारिस अनुसार पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्री बन्नेछन् । पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी भएको छ भने पत्रकार खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ । यसैगरी अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्री, डा. परियारलाई कृषि विकास तथा कृषि तथा पशुपन्छी विकासमन्त्री र वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी तोकिएको छ ।




Post Comment