उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
४७ पटक हेरिएको
Shares
उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह

सारांश

  • नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ ।
  • अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हो ।
  • गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको हो ।

२ असोज, काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हो । गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको हो ।

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले भने, ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशत भन्दाबढी रहेको छ, विकसित पछिल्लो घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उव्जाएको छ ।’ निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपुर्ण वातावरण अपरिहार्य रहेको अध्यक्ष अग्रवालले बताए ।

वर्तमान अवस्थामा सरोकारवाला गृहमन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदान प्रदानका लागि विशेष संयन्त्र बनाईनुपर्ने चेम्बरले उल्लेख गरेको छ । प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउन समेत चेम्बरले गृहमन्त्री अर्याललाई सुझाव दिएको छ । चेम्बरद्धारा गृहमन्त्री अर्याललाई दिईएको सुझावमा भनिएको छ, ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजीटल सुरक्षा तथा संकट व्यवस्थापन सम्वन्धी तालिम सुरक्षा निकायलाई उपलव्ध गराउन आवश्यक देखिएको छ ।’

यस्तै आर्थिक सुरक्षासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम संचालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुननिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गृहमन्त्री अर्याल समक्ष व्यक्त गरेको छ । यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि चेम्बरले उद्यमी, व्यवसायीहरुमा आन्तरिक परिपत्र जारी गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै।