समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति

सारांश

  •  जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
  • चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो ।
  • भेलाले सञ्जय सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय कार्यसम्पादन समिति पुनर्गठन गरेको छ ।

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो । भेलाले सञ्जय सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय कार्यसम्पादन समिति पुनर्गठन गरेको छ । कार्यसम्पादन समितिको सदस्यहरुमा गीता यादव, श्रीप्रसाद भगत, ओमकृष्ण श्रेष्ठ, तबरेज अहमद, उमेश्वर झा, ललिताकुमारी महतो, श्रवण यादव माथे, चिरिञ्जीवी ढकाल, श्याममाया राई, रुपेशकुमार कठरिया, रामकुमारी महर्जन, भारतीकुमारी शाह, शैलेन्द्र यादव र सोमबहादुर लामा रहेका छन् । राष्ट्रिय भेलाले संगठन विधानमा आवश्यक छलफल, संशोधन गर्नुका साथै संगठनको प्रगती विवरण समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेको थियो । राष्ट्रिय भेलाको प्रमुख अतिथि संघीय सरकारका बन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला
धनुषामा महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त