Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३७ पटक हेरिएको
Shares
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार

सारांश

  •   अन्तरिम सरकारको मन्त्री बन्ने प्रस्तावलाई वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अस्वीकार गरेका छन्।
  •   आचार्यले अहिलेको मन्त्रिपरिषद्‌मा भएका केही र आन्दोलनमा लागेका केहीले मन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको जानकारी दिएका हुन्।
  • ‘क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई प्रस्ताव राख्नु भएको थियो।

३१ भदौ, काठमाडौं । 

अन्तरिम सरकारको मन्त्री बन्ने प्रस्तावलाई वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अस्वीकार गरेका छन्।  आचार्यले अहिलेको मन्त्रिपरिषद्‌मा भएका केही र आन्दोलनमा लागेका केहीले मन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको जानकारी दिएका हुन्। ‘क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई प्रस्ताव राख्नु भएको थियो। मैले विनम्रतापूर्वक आफू इच्छुक नभएको बताइसकेको छु,’

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘ जीवनभर संविधानको मूल्यको कुरा गरेँ आन्दोलनबाट निर्मित सरकारको सीमा निश्चित हुँदैन। यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिदैँमा बित्ने हुन्छ।’ उनले मन्त्रीका लागि आफ्नो नाम फेरि पनि चर्चा गर्नेहरूप्रति आभार व्यक्त गर्दै अहिलेको खुसी र स्वतन्त्रता कसरी गुमाउँ? भन्दै प्रश्न गरेका छन्। उनले देशलाई परेको बखद् सहयोग सबै अवस्थामा गरिरहेको उल्लेख गर्दै निर्दोष युवाहरूको रगतको श्राप लाग्ने दिन नआओस्, सरकारी, सार्वजनिक सम्पदा र निजी सम्पत्तिको विनाश तथा हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिएन भन्ने सुन्न नपरोस् भनेका छन्।

आचार्यले देशको अस्मितामा आँच आउने काम अहिलेको सरकारबाट नहोस् पनि भनेका छन्।  यसअघि वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले पनि मन्त्री बन्न अस्वीकार गरेका थिए। नियमित आँखा जाँचका लागि तिलगंगा आँखा प्रतिष्ठानमा पुगेकी प्रधानमन्त्री कार्कीले गरेको प्रस्तावमा उनले अहिले बिरामी छोडेर मन्त्री बन्न नसक्ने बताएका हुन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने
उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने
उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार