मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार

सारांश

  •   अन्तरिम सरकारको मन्त्री बन्ने प्रस्तावलाई वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अस्वीकार गरेका छन्।
  •   आचार्यले अहिलेको मन्त्रिपरिषद्‌मा भएका केही र आन्दोलनमा लागेका केहीले मन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको जानकारी दिएका हुन्।
  • ‘क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई प्रस्ताव राख्नु भएको थियो।

३१ भदौ, काठमाडौं । 

अन्तरिम सरकारको मन्त्री बन्ने प्रस्तावलाई वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अस्वीकार गरेका छन्।  आचार्यले अहिलेको मन्त्रिपरिषद्‌मा भएका केही र आन्दोलनमा लागेका केहीले मन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको जानकारी दिएका हुन्। ‘क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई प्रस्ताव राख्नु भएको थियो। मैले विनम्रतापूर्वक आफू इच्छुक नभएको बताइसकेको छु,’

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘ जीवनभर संविधानको मूल्यको कुरा गरेँ आन्दोलनबाट निर्मित सरकारको सीमा निश्चित हुँदैन। यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिदैँमा बित्ने हुन्छ।’ उनले मन्त्रीका लागि आफ्नो नाम फेरि पनि चर्चा गर्नेहरूप्रति आभार व्यक्त गर्दै अहिलेको खुसी र स्वतन्त्रता कसरी गुमाउँ? भन्दै प्रश्न गरेका छन्। उनले देशलाई परेको बखद् सहयोग सबै अवस्थामा गरिरहेको उल्लेख गर्दै निर्दोष युवाहरूको रगतको श्राप लाग्ने दिन नआओस्, सरकारी, सार्वजनिक सम्पदा र निजी सम्पत्तिको विनाश तथा हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिएन भन्ने सुन्न नपरोस् भनेका छन्।

आचार्यले देशको अस्मितामा आँच आउने काम अहिलेको सरकारबाट नहोस् पनि भनेका छन्।  यसअघि वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले पनि मन्त्री बन्न अस्वीकार गरेका थिए। नियमित आँखा जाँचका लागि तिलगंगा आँखा प्रतिष्ठानमा पुगेकी प्रधानमन्त्री कार्कीले गरेको प्रस्तावमा उनले अहिले बिरामी छोडेर मन्त्री बन्न नसक्ने बताएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
२३ जेठमा पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा
२३ जेठमा पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर