२५ भाद्र २०८२, बुधबार

निजी र सार्वजनिक सम्पत्ति क्षति नगर्न कुलमानको अपिल

२४ भदौ, काठमाडौं। 

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जनजीसहित सबै नेपाली नागरिकहरु संयमित हुने समय आएको बताएका छन् । प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनको अपिल छ । सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण उत्पन्न परिस्थितिप्रति दुख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘जेन जीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रम पछि प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पति तोडफोड नगर्न सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु । सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यसतर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’जेन जीसहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक रहेकोमा घिसिङको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment