१० चैत्र २०८२, मंगलवार

नव निर्वाचित सभापति रामहरि खतिवडाले आज शपथ ग्रहण गर्दै

२३ भदौ, काठमाडौं ।

संसदीय सुनुवाइ समिति (संयुक्त) को नव निर्वाचित सभापतिमा रामहरि खतिवडाले आज शपथ ग्रहण गर्दैछन्। सोमबार बिहान ११ बजे कृषि समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ। गएको शुक्रबार खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।

‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई फेरि कांग्रेसले सुनुवाइ समितिको सभापति बनाएको हो।

साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई एक महिना नबित्दै अर्को समितिमा सभापति बनाइएको हो। समिति सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन्।

Post Comment

छुटाउनुभयो कि ?