Press 4K
बिहिबार, २२ आश्विन २०८३

फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
४१ पटक हेरिएको
Shares
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन

सारांश

  • ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।
  • बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।
  • उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो ।

२ पुस,काठमाडौं ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।
बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको छ । यो भन्न पाइँदैन ।चुनाव गर्ने पर्छ । जेनजीले यो चुनाव गर्न दिँदैनौं भन्ने काम गर्न हुँदैन ।

जेनजीहरु साना भाई बहिनीहरु छन् बुद्दी पलाएको छैन,पलाओस् । आफ्नो आमाले गर्न लागेको सफल काममा सहयोग गर्नैैपर्छ ।’ त्यस्तै,उनले ललितपुर महानगरपालिकामा अहिलेसम्मको इतिहासमा नै अहिलेको जस्तो जनप्रतिनिधिहरुको मिलाप कहिलेपनि नरहेको बताए । जनप्रतिनिधिहरुको मिलापले नै महानगरपालिकामा प्रत्येक दिन नयाँ काम भइरहेको धारणा राखे । ‘जनप्रतिनिधिहरुको मिलाप कहिले पनि थिएन । जनप्रतिनिधि र कर्मचारीहरुबीचको मित्रताको जुन फ्युजन छ त्यसको कारण महानरगपालिकाले प्रत्येक दिन नयाँ काम गर्न सफल भएको छ,’उनले भने । मेयर महर्जनले ललितपुर महानगरपालिकामा भएका सबै नयाँ कामहरु अरुले पनि अनुसरण गर्न मिल्ने काम रहेको दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...