सरकारको निर्देशनसँगै एनसेल नेटवर्कमा चल्न छोडे यी सामाजिक सञ्जाल
१९ भदौ, काठमाडौं ।
मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ । उक्त निर्णयको विरोध र आलोचना दुवै भइरहेको छ । यसैबीच एनसेलले सरकारको निदेशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।
यी हुन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बन्द गर्न भनेका सामाजिक सञ्जाल प्लेटफर्म:
फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, हाम्रो पात्रो
Post Comment