रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
  • भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
  •    सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

१८ भदौ, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।   सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले रास्वपाका हरि ढकाललाई बोल्न दिएका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाए ।  दलीयकरण भएका कारण जनताले उठाएका विषयमा छानबिन नगरेको आरो समेत उनले लगाए । त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए ।

उनले जुम्लाको स्याउ किन्ने वातावरण निर्माण गर्न माग गरे । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहटमा दुर्घटना, १२ यात्रु घाइते
पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहटमा दुर्घटना, १२ यात्रु घाइते
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
चितवन कारागारबाट फरार कैदी पक्राउ
चितवन कारागारबाट फरार कैदी पक्राउ
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय