Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी

सारांश

  • रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् ।
  • पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् ।
  • लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

१५ भदौ, काठमाडौं ।

रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् । लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ । सचिवालय बैठक बस्ने र बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ । उम्मेदवार घोषणा हुनु पहिले नै उनीहरुले सभापतिलाई भेटेका हुन् । रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् । रुपन्देही-३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्तिक १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
काष्ठमण्डप नजिकै लागेको आगलागी साढे ४ घण्टापछि नियन्त्रणमा
काष्ठमण्डप नजिकै लागेको आगलागी साढे ४ घण्टापछि नियन्त्रणमा
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस