१६ चैत्र २०८२, सोमबार

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

८ भदौ, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए ।  ‘हामी आफ्नै उम्मेदवार उठाउँछौं । अरु दलसँग गठबन्धन गर्दैनौं,’ जिसीले भने, ‘हामीले केन्द्रलाई पनि यही भनेका छौं । माओवादी केन्द्रकै उम्मेदवार हुनुपर्ने र यही क्षेत्रको हुनपर्ने कुरा पनि पार्टी केन्द्रसँग गरेका छौं ।’

अन्य दललाई समर्थन नगर्ने माओवादी केन्द्रको बटमलाइन रहेको जिसीले बताए । यसअघिका दुई निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार यस क्षेत्रमा थिएनन् । गत दुई निर्वाचनमा माओवादी केन्द्रका मतदाताले हसिँया हथौडामा त दिन नपाएको उल्लेख गर्दै जिसीले भने, ‘हसियाँ हथौडामा नै मत दिन पाउनुपर्ने कुरा केन्द्रलाई भनेका छौं ।’ राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएको हुँदा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ ।

उपनिर्वाचनका लागि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले प्रचार सुरु समेत गरिसकेका छन् । मुख्य दलहरूमा एमालेबाट उम्मेदवार हुनका लािग चार आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको छ । रास्वपाले आकांक्षी ९ बाट भदौ १५ गते उम्मेदवार छनोट गर्ने भएको छ । कांग्रेसले तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गरिसकेको छैन ।

Post Comment

छुटाउनुभयो कि ?